श्रीलंकामा पेपाल सेवा सञ्चालनका लागि बैंकहरू र पेपालबीचको वार्ता अन्तिम चरणमा

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन १४ गते
श्रीलंकामा पेपाल सेवा सञ्चालनका लागि बैंकहरू र पेपालबीचको वार्ता अन्तिम चरणमा

श्रीलंकाका फ्रिलान्सर र साना व्यवसायीहरूका लागि अन्तर्राष्ट्रिय भुक्तानी सहज बनाउन निजी क्षेत्रका बैंकहरू र बहुराष्ट्रिय वित्तीय प्रविधि कम्पनी पेपाल (PayPal) बीचको वार्ता सकारात्मक दिशामा अघि बढेको छ। श्रीलंकाको दूरसञ्चार नियामक आयोगका अध्यक्ष वारुणा धनपालाले पेपाल सेवा सुरु गर्ने प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको जानकारी दिएको श्रीलंकन पत्रिका द मर्निङ्गले उल्लेख गरेक छ ।

विगत १५ वर्षदेखि श्रीलंकाको केन्द्रीय बैंकले पेपाललाई देशमा भित्र्याउन प्रयास गरिरहेको भए पनि प्राविधिक र नियामक कारणले त्यो सफल हुन सकेको थिएन। अध्यक्ष धनपालाका अनुसार केन्द्रीय बैंकका अधिकारीहरूले केही निजी बैंकहरूसँगको समन्वयमा पेपालको सेवा उपलब्ध गराउन आवश्यक तयारी पूरा गरिसकेका छन्। आधिकारिक घोषणा हुन बाँकी रहे पनि यो सेवा छिट्टै कार्यान्वयनमा आउने देखिएको छ।

हाल श्रीलंकाका व्यवसायी र फ्रिलान्सरहरूले विदेशबाट रकम प्राप्त गर्न साथीभाइको विदेशी खाता प्रयोग गर्ने वा अन्य वैकल्पिक र महँगो माध्यमहरू अपनाउनुपर्ने बाध्यता छ। पेपालको आगमनले यस्तो झन्झट अन्त्य गरी सिधा र पारदर्शी बैंकिङ प्रणालीमार्फत भुक्तानी प्राप्त गर्न बाटो खोल्नेछ। यसबाट देशमा भित्रिने रेमिट्यान्समा समेत वृद्धि हुने अपेक्षा गरिएको छ।

यद्यपि, यो नयाँ सुविधासँगै करको विषयमा भने फ्रिलान्सरहरू केही चिन्तित देखिएका छन्। श्रीलंका सरकारले आगामी अप्रिल १ देखि लागू हुने गरी डिजिटल सेवाहरूमा १८ प्रतिशत मूल्य अभिवृद्धि कर (VAT) लगाउने तयारी गरेको छ। यदि यो नियम कार्यान्वयन भएमा पेपालले आफ्नो सेवा शुल्कमा थप १८ प्रतिशत भ्याट जोडेर काट्नेछ, जसले फ्रिलान्सरहरूको खुद आम्दानीमा प्रभाव पार्न सक्छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को आर्थिक सुधार कार्यक्रम अन्तर्गत श्रीलंका सरकारले राजस्व वृद्धिका लागि डिजिटल सेवाहरूमा कर लगाउने नीति लिएको हो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स