सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको नियुक्तिविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। साथै, अन्तरिम आदेश सम्बन्धमा दुवै पक्षलाई छलफलका लागि बोलाउने आदेशसमेत दिएको छ।
बुधवार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सो आदेश दिएको हो।
अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले गभर्नर पौडेलको नियुक्ति बदरको माग गर्दै मंगलबार सर्वोच्चमा रिट दायर गरेका थिए।
रिटमा राष्ट्र बैंक ऐन, २०५८ बमोजिम आवश्यक शैक्षिक योग्यता र विज्ञता नभएको व्यक्तिलाई गभर्नरमा नियुक्त गरिएको दाबी गरिएको छ। यसै आधारमा नियुक्ति बदर हुनु पर्ने माग गरिएको हो।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया