काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यबाहक प्रमुखको जिम्मेवारी सम्हालेकी छन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनले स्थानीय सरकार सञ्चालन ऐन–२०७४ अनुसार स्वत: कार्यबाहकको जिम्मेवारी पाएकी हुन्।
मेयर शाहले राजीनामा दिएपछि केहीबेरमा रास्वपा केन्द्रीय कार्यालय पुग्ने तयारी गरेका छन्। रास्वपा कार्यालयमा कार्यकर्ता र शुभचिन्तकहरूको बाक्लो भीड देखिएको छ। दिउँसो १ बजे पुगेको खबर भए पनि राजीनामा र अन्य विषयमा दोधारमा परेपछि उनको आगमन केहीबेर ढिलो भएको थियो।
रास्वपा प्रवेश गरेपछि बालेन शाह झापा–५ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरिरहेका छन्। हाल उनी रास्वपाका वरिष्ठ नेता समेत हुन्।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया