सुदन किराती श्रम संस्कृति पार्टीमा, वरिष्ठ नेताको जिम्मेवारी पाउने

बजारको चिरफार
बजारको चिरफार
२०८३ बैशाख २५ गते
सुदन किराती श्रम संस्कृति पार्टीमा, वरिष्ठ नेताको जिम्मेवारी पाउने

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी र पूर्वमाओवादी नेता सुदन किराती समूहबीच पार्टी एकताको सहमति भएको छ। गएराति भएको दुई पक्षीय वार्तापछि किरातीलाई वरिष्ठ नेता बनाउने तथा उनका निकटका नेताहरूलाई समेत पार्टी संरचनामा समेट्ने सहमति जुटेको हो। सहमतिअनुसार किराती समूहले एक सचिवसहित १५ जना केन्द्रीय सदस्य पाउने मोटामोटी समझदारी भएको श्रम संस्कृति पार्टीका नेताहरूले बताएका छन्।

पार्टी एकताको औपचारिक घोषणा आज काठमाडौंस्थित हार्दिक होटलमा आयोजना गरिएको कार्यक्रममा गरिने तयारी गरिएको छ। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राईका अनुसार देश निर्माणको साझा अभियानमा एकताबद्ध भएर अघि बढ्ने समझदारी बनेको हो। उनले सैद्धान्तिक र संगठनात्मक खाका विस्तृत रूपमा पछि सार्वजनिक गरिने बताए।

पूर्वमाओवादी नेता किराती पछिल्लो समय प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा आबद्ध भए पनि पछि उक्त पार्टी परित्याग गरेका थिए। नेपाली कम्युनिस्ट पार्टी गठनपछि असन्तुष्टि जनाउँदै जनार्दन शर्मासँगै माओवादी केन्द्रबाट बाहिरिएका किराती चुनावपछि लगातार श्रम संस्कृति पार्टीसँग संवादमा थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स