स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, नतिजा यसरी हेर्न सकिन्छ

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १ गते
स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, नतिजा यसरी हेर्न सकिन्छ

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ देखि २१ गतेसम्म बिक्री खुला गरेको थप सार्वजनिक निष्काशन (एफपीओ) आज बाँडफाँट भएको छ।

कम्पनीले १ करोड ९५ लाख ७७ हजार ३०० रूपैयाँ बराबरको, प्रतिकित्ता १०० अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर निष्काशन गरेको थियो। यसमा १८ लाख ८२ हजार ४२२ जना आवेदकले आवेदन दिएका थिए।

बाँडफाँट परिणामअनुसार, १९,५७४ जनाले १०-१० कित्ता तथा भाग्यमानी ३ जनाले ११-११ कित्ता सेयर प्राप्त गरेका छन्।

कसरी हेर्ने एफपीओको नतिजा?

स्वरोजगार लघुवित्तको एफपीओ नतिजा निम्न वेबसाइटहरूबाट हेर्न सकिन्छ:

1.एनएमबि क्यापिटल लिमिटेड – https://www.nmbcl.com.np/
2.सीडीएससीको रिजल्ट पोर्टल – iporesult.cdsc.com.np

3.मेरो सेयर एकाउन्ट बाट –Mero Share
आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स