साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई वितरण गर्न लाभांश घोषणा गरेको छ।
कात्तिक २६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो मध्ये १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहनेछ।
लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाको अनुमोदनपछि कार्यान्वयन गरिनेछ।


प्रतिकृया