जेलमा रहेका रविको मानवअधिकार हनन भएको भन्दै रास्वपाले उजुरी दियो

जेलमा रहेका रविको मानवअधिकार हनन भएको भन्दै रास्वपाले उजुरी दियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा स्थानान्तरण गर्ने क्रममा मानवअधिकार हनन भएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ।

उजुरीमा २ कात्तिकमा पक्राउ परेदेखि लामिछानेलाई विभिन्न किसिमका मानसिक यातना दिइएको, अमानवीय र गैरन्यायिक व्यवहार गरिएको उल्लेख गरिएको छ।

पार्टीले २० मंसिरको राति चितवनबाट पोखरा स्थानान्तरणका क्रममा राज्य संयन्त्रको दुरुपयोग गरी लामिछानेलाई अपमानजनक व्यवहार गरेको आरोप लगाएको छ। उजुरीमा एक प्रतिस्पर्धी राजनीतिक दलका नेताविरुद्ध नियोजित रूपमा यातना दिने, बदनाम गराउने र सञ्चारमाध्यमको प्रयोगमार्फत अपराधीका रूपमा प्रस्तुत गर्ने प्रयास भएको दाबी गरिएको छ।

रास्वपाले यस घटनाले नागरिकको नैसर्गिक मानवअधिकार हनन गरेको र न्यायिक प्रक्रिया मिचिएको आरोप लगाउँदै सत्यतथ्य छानबिन र न्यायिक शासनको रक्षा गर्न राष्ट्रिय मानवअधिकार आयोगलाई सक्रिय कदम चाल्न अपिल गरेको छ।

manabadhikar aayog rsp ujuri scaled 1 https://bajarkochirfar.com/ravis-human-rights-in-jail-were-violated-by-rsvp-in-the-commission | %tags manabadhikar aayog rsp ujuri 2 scaled 1 https://bajarkochirfar.com/ravis-human-rights-in-jail-were-violated-by-rsvp-in-the-commission | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स