राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेमाथि ‘राजनीतिक प्रतिशोधको प्रयास भइरहेको’ आरोप लगाएको छ। चःमतीस्थित पार्टी कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रवक्ता मनीष झाले लामिछानेलाई ‘थुनाभित्र राखेर बारको खाली ठाउँबाट भाला हानेजस्तो व्यवहार गरिएको’ बताएका छन्।
उनले बिना ‘सपोर्टिङ डकुमेन्ट’ साइन गरिएको चेक फेला परेको भन्दै अनावश्यक प्रचार गरिएकोमा आपत्ति जनाए। झाका अनुसार, सहकारीमा किस्ता तिर्नका लागि पनि चेक काटिएको हुन सक्ने तर्क गर्न बाँकी छ।
साथै, नागरिक समाज र बुद्धिजीवीहरूको आग्रहमा रास्वपाले सडक आन्दोलन रोकेको उल्लेख गर्दै अदालतमा निरूपण हुन बाँकी रहेको विषयको प्रचार हुनु गलत भएको बताए।
सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराधको आरोपमा कास्की प्रहरीले कात्तिक २ गते पक्राउ गरेको थियो। पाँच पटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार, लामिछानेले सहकारीको ब्याज तिर्न चेक काटेका थिए।
तर, रास्वपाले अनुसन्धानकै क्रममा रहेको विषयलाई ‘अदालतमै मैले चलाएको जस्तो भाष्य बनाउने प्रयास गरिएको’ आरोप लगाएको छ। पार्टीले आफूलाई राजनीतिक प्रतिशोधको शिकार भएको प्रमाणित गरिरहन नपर्ने धारणा राख्दै लामिछानेप्रति गरिएको व्यवहारप्रति आपत्ति जनाएको छ।


















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया