प्रधानमन्त्री कार्कीले बोलाइन् देउवा, ओली र प्रचण्ड—एजेन्डामा चुनाव

प्रधानमन्त्री कार्कीले बोलाइन् देउवा, ओली र प्रचण्ड—एजेन्डामा चुनाव

प्रधानमन्त्री सुशीला कार्कीले शनिबार तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दिउँसो ३ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता तय भएको हो।

छलफलमा आगामी फागुन २१ गते तय प्रतिनिधिसभा निर्वाचन, सुरक्षा व्यवस्था र राजनीतिक सहमतिबारे कुराकानी हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार राम रावलले जानकारी दिए। यसअघि पनि राष्ट्रपति रामचन्द्र पौडेलको पहलमा शीर्ष तहमा संवाद भएको थियो।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स