प्राइम कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैंकको पुस ३ गते बसेको सञ्चालक समितिको ५४९औँ बैठकले आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ।
प्रस्तावअनुसार बैंकले हाल कायम चुक्ता पूँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँको आधारमा ८ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ। यसअनुसार १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७ रुपैयाँ २९ पैसाको बोनस सेयर वितरण गरिनेछ।
यस्तै, कर प्रयोजनका लागि मात्र ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरिएको छ। यसअन्तर्गत ८ करोड १६ लाख ९५ हजार ५५ रुपैयाँ ५६ पैसाको नगद लाभांश वितरण हुनेछ।
यसरी बैंकले कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो, जसको कुल रकम १ अर्ब ६३ करोड ३९ लाख १ हजार १ सय १२ रुपैयाँ ८५ पैसा रहेको छ।











![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-768x432.png)



![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया