ओलीको चुनौती : सरकारले मेरो सम्पत्ति छानबिन गरोस , नेताहरूलाई जेल हाल्ने सपना नदेख्नू

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २३ गते
ओलीको चुनौती : सरकारले मेरो सम्पत्ति छानबिन गरोस , नेताहरूलाई जेल हाल्ने सपना नदेख्नू

नकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारले चाहेको खण्डमा आफ्नो सम्पत्ति छानबिन गर्न सक्ने चुनौती दिएका छन्। भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार लोकतान्त्रिक आचरणविपरीत चलेको र नेताहरूलाई जेल हाल्ने षड्यन्त्रमा लागेको आरोप लगाए।

ओलीले भने, “यो सरकारको क्रियाकलाप लोकतान्त्रिक छैन, संविधानअनुसार पनि होइन। कानुनी शासनको दिशा हराएको छ। राज्य आतङ्क सिर्जना गर्ने प्रयास भइरहेको छ। चुनावको नाटक मञ्चन गरेर नेताहरूलाई जेल हाल्ने र अपमान गर्ने खेल सुरु भएको छ।”

उनले सरकारले राजनीतिक प्रतिस्पर्धीहरूलाई रोक्दै एकपक्षीय रूपमा चुनाव जित्ने योजना बनाइरहेको आरोप लगाए। उनले भने, “चुनावमा अरूलाई लड्न नदिएर, बुथ कब्जा गरेर, आफू मात्रै जित्ने सपना देख्नेहरूले त्यो दिवा सपना नदेख्नू। त्यसमा जनताले चिसो पानी खन्याउनेछन्।” ओलीले अहिलेको सरकारले राजनीतिक संवाद टारेको र विपक्षी दलहरूलाई बदनाम गर्ने प्रयास गरेको दाबी पनि गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स