राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरुको साधारणसभा खर्चमा कडाइ गर्ने भएको छ। प्राधिकरणले निर्देशन जारी गर्दै साधारणसभामा हुने भोजभतेर, अतिथि सत्कार, सहभागीलाई भत्ता वितरण, यातायात खर्च र उपहार दिने जस्ता फजुल खर्चमा प्रतिबन्ध लगाएको हो।
बचतकर्ताको हित र सहकारी संस्थामा मितव्ययिता कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्राधिकरणले अबदेखि साधारणसभामा आवश्यकभन्दा बाहेकका खर्च कटौती गर्न स्पष्ट निर्देशन दिएको छ। निर्देशन अनुसार सहकारी संस्थाले उद्घाटन समारोहमा अतिथि स्वागत सत्कार, सहभागीलाई यातायात खर्च वा भत्ता वितरण, उपहार दिने, विशेष भोज आयोजना गर्ने जस्ता गतिविधि गर्न पाउने छैनन्।
सभा अवधिभर सदस्यलाई आवश्यक सामान्य खाना/खाजा मात्र व्यवस्था गर्न सकिने व्यवस्था गरिएको छ। यस्तै, साधारणसभामा गैर–सदस्य, कर्मचारी वा पदाधिकारीलाई सहभागी नगराउनुपर्ने नियम पनि राखिएको छ। साथै, संस्थाले आफ्नो आम्दानी, खर्च र सदस्य शिक्षाका कार्यक्रमबारे विवरण केवल आफ्ना सदस्य वा प्रतिनिधिबीच सीमित राख्नुपर्ने प्राधिकरणले जनाएको छ। साधारणसभा सम्पन्न भएको एक महिनाभित्र सहकारी संस्थाले प्रतिवेदन प्राधिकरणमा बुझाउनुपर्ने प्रावधान पनि निर्देशनमा समावेश गरिएको छ।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया