एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्न लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत दरको लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसमा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश समावेश छ।
सो लाभांश वितरणको निर्णय मंसिर ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गरेको हो। यसपछि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामी वार्षिक साधारण सभामा पारित गरेपछि सो लाभांश सेयरधनीलाई वितरण गरिनेछ।


प्रतिकृया