अविरल वर्षापछि अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः दुईतर्फी सञ्चालनमा आएको छ। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार आज बिहान ८ः४० बजे इच्छाकामना–५ तुइनखोला पुल नजिकै पहिरो खसेपछि सडकमा यातायात अवरुद्ध भएको थियो।
सडक विभागको मेसिन प्रयोग गरी पहिरो पन्छाएपछि बिहान १०ः२५ बजेदेखि सडक दुईतर्फी रुपमा सञ्चालनमा आएको उनले जानकारी दिए। प्रहरीले उक्त सडकखण्डमा पहिरोको उच्च जोखिम अझै कायम रहेको बताउँदै यात्रु र सवारी चालकलाई सावधानीपूर्वक यात्रा गर्न आग्रह गरेको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया