अर्थसहित संघीय संसदका ४ समितिको बैठक आज बस्दै, के-के छन् एजेन्डा ?

अर्थसहित संघीय संसदका ४ समितिको बैठक आज बस्दै, के-के छन् एजेन्डा ?

संघीय संसदका चार समितिको बैठक आज सिंहदरवारस्थित कार्यालयमा बस्दैछ। संघीय संसद सचिवालयका अनुसार बैठकमा विभिन्न विधेयक र प्रतिवेदनमाथि छलफल हुनेछ।

अर्थ समिति

अर्थ समितिको बैठक बिहान ११ः०० बजे सुरू हुनेछ। बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० बारे सरोकारवालासँग छलफल हुनेछ।

विकास, आर्थिक मामिला तथा सुशासन समिति

यो समिति बिहान ११ः३० बजे बस्नेछ। बैठकमा नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८० सार्वजनिकीकरण र त्यससम्बन्धी छलफल हुने जनाइएको छ।

विधायन व्यवस्थापन समिति

विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः०० बजे सुरू हुनेछ। बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

कानून, न्याय तथा मानव अधिकार समिति

कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे सुरू हुने तय भएको छ।

newskarkahna news803070 https://bajarkochirfar.com/meetings-of-4-committees-of-the-federal-parliament-including-finance-are-being-held-today-what-is-the-agenda | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स