नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका घटनाको छानबिनका लागि अन्तरिम सरकारले गठन गरेको गौरीबहादुर कार्की आयोगलाई अस्वीकार गरेका छन्। भक्तपुरको गुण्डुमा आयोजित कार्यक्रममा उनले आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै आफू र पार्टीलाई आयोग मान्य नभएको घोषणा गरे।
ओलीले भने, “यो नक्कली आयोग मञ्जुर छैन। किन मञ्जुर छैन भने आयोगमा राखिनु अघि नै, आयोगमा बस्न अघि नै गम्भीर अभिव्यक्तिको प्रश्न उठिसकेको छ। त्यसपछि प्रमाणसहितका कुरा सार्वजनिक भएपछि उहाँहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्थ्यो।” उनले आयोगका अध्यक्ष कार्कीका अघिल्ला भनाइका कारण निष्पक्षता नै कमजोर भएको टिप्पणी गरे। ओलीले भने, “एउटा मान्छे अहिलेको विरोधीबाट निष्पक्ष भइसक्छ? उहाँहरू विरोधीबाट निष्पक्ष भइसक्नुभयो?” ओलीले कार्कीले निष्पक्षता देखाउन के गरे भनेर पनि प्रश्न गरे। उनले भने, “के गर्नुभयो, गंगाजलले नुहानुभयो, बागमतीको पानी नुहानुभयो, गहुँत खानुभयो, सुनपानी छर्कनुभयो? के गरेर उहाँहरू निष्पक्ष हुनुभयो, बताउनुपर्दैन? बोल्नुभयो उहाँहरू? हामी निष्पक्ष छौं भन्न सक्नुभयो?” अन्त्यमा ओलीले भने, “लुसुलुसु अगाडि बढ्नुभएको छ, बढ्नुस्। तपाईँहरूको प्रतिवेदन बुझाउनुस्, फैसला गर्नुस्, एमालेलाई मान्य छैन। नेपाली जनतालाई मान्य छैन। हामी मान्दैनौं, गर्नुस् केके गर्नुहुन्छ।”
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया