सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ९ निर्माण व्यवसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले सार्वजनिक निकायहरूको सिफारिसका आधारमा, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम बुधबार यस कारबाही गरेको हो।
कालोसूचीमा परेका मध्ये कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रा. लि., श्रीओम अटो ल्युब प्रा. लि., आर्कटिक कन्स्ट्रक्सन प्रा. लि., ग्रीन वर्ल्ड कन्स्ट्रक्सन प्रा. लि., अग्रिम–लङभिजन–धनलक्ष्मी जे.भी. लगायतका कम्पनीहरू रहेका छन्।
कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ कि कालोसूचीमा परेका व्यवसायी तथा आपूर्तिकर्ताहरूले तोकिएको अवधिभर देशभरका कुनै पनि सार्वजनिक निकायको खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्।


प्रतिकृया