उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नयाँ बन्ने सरकारमा आफ्नो सहभागिताबारे चर्चा आइरहेको दाबी गर्दै जनादेशविपरीत आफू मन्त्री नबन्ने स्पष्ट पारेका छन्। मंगलबार साँझ फेसबुकमार्फत उनले भने, ‘आफू मुख्य रूपमा उज्यालो नेपाल पार्टीलाई सुदृढ बनाउने कार्यमा केन्द्रित रहनेछन्।’
अध्यक्ष घिसिङले लेखेका छन्, “जनताबाट प्राप्त जनादेशविपरीत अन्य कुनै वैकल्पिक बाटोबाट सांसद बनेर मन्त्री बन्ने कल्पनासमेत गर्न सकिँदैन। यस सन्दर्भमा सरकारमा सहभागिताबारे अहिलेसम्म कोहीसँग कुनै छलफल भएको छैन।” उनले चुनावी परिणामलाई सम्मान गर्दै त्यसबाट पाठ सिकेर अघि बढ्ने आफ्नो योजना पनि व्यक्त गरेका छन्।
घिसिङले भने, “उज्यालो नेपाल पार्टीलाई थप सुदृढ बनाउने अभियानमा केन्द्रित छौँ। सुशासन र समृद्धिसहितको उज्यालो नेपाल निर्माणप्रति हाम्रो प्रतिबद्धता अटल छ।” साथै, आफ्नाविरुद्ध फैलाइएका गलत प्रचारको भ्रममा नपर्न सबैलाई अनुरोध पनि गरेका छन्।


प्रतिकृया