वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको होटल फरेष्ट इनको आईपीओ बाँडफाँड, कसरी हेर्ने नतिजा ?

होटल फरेष्ट इन लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड सम्पन्न गरेको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडको व्यवस्थापनमा जारी पूँजीको १० प्रतिशत बराबरको ४ करोड रुपैयाँ मूल्यको ४ लाख कित्ता साधारण सेयर बाँडफाँड गरेको हो।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा कार्यरत नेपालीहरूका लागि नेपाल धितोपत्र बोर्डबाट स्वीकृत विवरणपत्रअनुसार प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा सेयर बिक्री गरिएको थियो। उक्त आईपीओका लागि २०८२ माघ ४ गतेदेखि माघ ८ गतेसम्म ‘मेरो सेयर’ प्रणालीमार्फत सी–आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

निष्काशन अवधिमा ८१ हजार ७९७ आवेदकबाट १२ लाख ९३ हजार ४० कित्ता सेयरका लागि आवेदन परेको थियो। तीमध्ये विविध कारण देखाउँदै ६ हजार ६८९ आवेदकबाट प्राप्त १ लाख ४७ हजार २८० कित्ता सेयरका आवेदन रद्द गरिएपछि ७५ हजार १०८ आवेदकबाट ११ लाख ४५ हजार ७६० कित्ता सेयरका लागि आवेदन स्वीकृत गरिएको थियो।

त्यसैगरी, दोहोरो हितग्राही खाता प्रयोग गरी ९ जना आवेदकले १८ वटा आवेदनमार्फत १९० कित्ता सेयर माग गरेको पाइएपछि ती आवेदनहरू पनि रद्द गरिएको छ। बाँकी ७५ हजार ०९० आवेदकमध्ये गोलाप्रथामार्फत ४० हजार आवेदकलाई प्रतिव्यक्ति १० कित्ताका दरले कुल ४ लाख कित्ता सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धकले जनाएको छ।

होटल फरेष्ट इनको आईपीओको नतिजा कसरी हेर्ने ?

1. एनआईसी एशिया क्यापिटल लिमिटेड

2. सीडीएससी आइपीओ रिजल्ट पोर्टल

3. मेरो सेयर एकाउन्ट बाट

आवेदकहरूले आफ्नो बोली लगाएको डीपी आइडी र अन्य विवरणहरू प्रविष्ट गरी नतिजा हेर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स