स्पेशल प्रि–ओपन सेसनमा रिलायन्स स्पिनिङ्ग मिल्स र सालपा विकास बैंक लिमिटेडको पहिलो कारोबार भएको छ।
दुवै कम्पनीको सेयर प्रतिकित्ता ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। दुवै कम्पनीहरू गत फागुन १ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएका थिए।
रिलायन्स स्पिनिङ्ग मिल्सको १०० रुपैयाँ अंकित मूल्यका कुल १ करोड ९० लाख कित्ता साधारण सेयर सूचीकृत भएको थियो। त्यसैगरी, सालपा विकास बैंकको १०० रुपैयाँ अंकित मूल्य कायम भएको ५२ लाख २३ हजार ८८० कित्ता साधारण सेयर नेप्सेमा सूचीकृत भएको थियो।
नेप्सेले सूचीकरणकाको ओपनिङ रेञ्ज सम्बन्धी व्यवस्था परिवर्तन गर्दै फेस भ्यालुको तीन गुणासम्म मात्र ओपनिङ रेञ्ज तोक्ने व्यवस्था गरेको थियो। सोही व्यवस्थाअनुसार दुवै कम्पनीको पहिलो कारोबार माथिल्लो रेञ्ज ३०० रुपैयाँमा भएको हो।








![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)







![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)



प्रतिकृया