जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। प्रशासनका अनुसार बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोक हुँदै मिनभवन–शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वर चोकदेखि उत्तरतर्फ आइप्लेक्स मल हुँदै रत्न राज्य माध्यमिक विद्यालयसम्म, र बानेश्वर चोकदेखि दक्षिणतर्फ शंखमुल ओरालो हुँदै शंखपुल पुलसम्मको क्षेत्रमा कर्फ्यु लागू गरिएको हो। कर्फ्यु आज भदौ २३ गते दिउँसो १२:३० बजेदेखि राति १० बजेसम्म लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।


प्रतिकृया