गण्डकी प्रदेश लोकसेवा आयोगले विज्ञापन प्रकाशन गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
बुधबार जारी सूचनाअनुसार आयोगले प्राविधिक तथा अप्राविधिक समूहअन्तर्गत नवौँ तहदेखि चौथो तहसम्मका पदहरूमा आवेदन खुला गरेको हो।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आगामी चैत ३ गतेसम्म नियमित शुल्कमा आवेदन दिन सक्नेछन्। साथै, दोब्बर दस्तुर तिरेर चैत १० गतेसम्म आवेदन दिने व्यवस्था गरिएको आयोगले जनाएको छ।


प्रतिकृया