कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई साउदी अरब हुँदै नेपाल फर्किन अनुरोध गरेको छ। दूतावासले जारी गरेको विज्ञप्तिमा मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै, साउदी अरेबियाको विमानस्थलमार्फत नेपाल जान चाहने नेपालीहरूले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सक्ने जानकारी दिइएको छ।
भिसा प्राप्त भएपछि नेपाली नागरिकहरूले सडकमार्गबाट साउदी प्रवेश गरी त्यसको विमानस्थलबाट नेपाल यात्रा गर्न सक्ने व्यवस्था रहेको दूतावासले जनाएको छ। यसैले दूतावासले इच्छुक सबै नेपालीलाई भिसाका लागि अनलाइनमार्फत आवेदन दिन अनुरोध गरेको छ।


प्रतिकृया