प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह प्रतिस्पर्धामा रहेको झापा–५ मा उत्साहजनक मतदान भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म सो क्षेत्रमा ६१.१० प्रतिशत मतदान भएको छ।
हालसम्म ९९ हजार ८१९ जनाले मतदान गरेका छन्। जसमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाताले मत खसालेका छन्।
ओली र बालेनबीचको प्रतिस्पर्धाका कारण झापा–५ लाई यसपटकको निर्वाचनको मुख्य आकर्षणका रूपमा हेरिएको छ।
यसैबीच, पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लाभर अपराह्न ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।










![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-768x432.jpg)

![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-768x432.jpg)





![थोरै पूँजीमा सफल व्यवसायी बन्ने शुत्र [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/zHtv0UA8b78-maxresdefault-150x150.jpg)
![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)


प्रतिकृया