निर्वाचन अपडेट : ओली र बालेन भिड्दै गरेको झापा–५ मा उत्साहजनक मतदान

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : ओली र बालेन भिड्दै गरेको झापा–५ मा उत्साहजनक मतदान

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बालेन्द्र शाह प्रतिस्पर्धामा रहेको झापा–५ मा उत्साहजनक मतदान भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बिहीबार अपराह्न ४ बजेसम्म सो क्षेत्रमा ६१.१० प्रतिशत मतदान भएको छ।

हालसम्म ९९ हजार ८१९ जनाले मतदान गरेका छन्। जसमध्ये ५३ हजार ६५६ महिला र ४६ हजार १६३ पुरुष मतदाताले मत खसालेका छन्।

ओली र बालेनबीचको प्रतिस्पर्धाका कारण झापा–५ लाई यसपटकको निर्वाचनको मुख्य आकर्षणका रूपमा हेरिएको छ।

यसैबीच, पाँच वटा निर्वाचन क्षेत्र रहेको झापा जिल्लाभर अपराह्न ४ बजेसम्म ५९.६७ प्रतिशत मतदान भएको निर्वाचन कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स