प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण होटल उद्योगमा २५ अर्बको क्षति

बजारको चिरफार
बजारको चिरफार
२०८२ भाद्र २७ गते
प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण होटल उद्योगमा २५ अर्बको क्षति

जेन–जी आन्दोलनले होटल उद्योगमा ठूलो नोक्सानी पुर्‍याएको नेपाल होटल संघ (हान) ले जनाएको छ। सोमबारको आन्दोलनपछि मंगलबार देशभरका प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण कम्तीमा २५ वटा होटल, रिसोर्ट, लज र रेष्टुरेन्ट प्रभावित भएका छन्।

हानको प्रारम्भिक तथ्यांकअनुसार, क्षतिको अनुमानित मूल्य २५ अर्ब रुपैयाँ बराबर पुगेको छ। सबैभन्दा धेरै होटल व्यवसाय काठमाडौं र पोखरामा क्षति पुगेको छ भने भैरहवा, बुटवल, धनगढी, झापा, दाङ र बर्दिबासलगायतका स्थान पनि प्रभावित भएका छन्।

आगजनी र तोडफोडका कारण करिब २ हजारभन्दा बढी कामदार प्रत्यक्ष प्रभावित भएको संघको भनाइ छ। प्रभावित होटलहरू यस सिजनमा सञ्चालनमा आउन नसक्ने अनुमान गरिएको छ। हानका अनुसार, क्षति भएको होटलमध्ये करिब ६० प्रतिशतले बीमाबाट आंशिक क्षतिपूर्ति पाउने सम्भावना छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स