नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले निर्वाचन कार्यतालिका स्थगनको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ।
देउवा पक्षका नेता मीन विश्वकर्माका अनुसार प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने मिति तोकिएकै बेला पार्टीभित्रको विवाद अदालतमा विचाराधीन रहेकाले कार्यतालिका रोक्न माग गरिएको हो। निर्वाचन आयोगले प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय माघ ६ गतेसम्म निर्धारण गरेको छ।
यसैबीच, कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि देउवा पक्ष असन्तुष्ट बनेको छ। सो निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगेको छ।
उक्त रिट निवेदनको सुनुवाइ माघ ६ गतेका लागि तोकिएको छ।














![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया