कुनै पनि बहानामा विदेशी केरा आयात खुला नगर्न केरा उत्पादक महासंघको सरकारलाई चेतावनी

कुनै पनि बहानामा विदेशी केरा आयात खुला नगर्न केरा उत्पादक महासंघको सरकारलाई चेतावनी

नेपाल केरा उत्पादक महासंघ तदर्थ समितिले हालै एक प्रेस विज्ञप्ति जारी गर्दै कुनै पनि बहानामा विदेशी केरा आयात खुला नगर्न सरकारलाई कडा चेतावनी दिएको छ।

महासंघका अनुसार अहिले बजारमा केराको खुद्रा मूल्य प्रतिदर्जन रु. ३५० देखि ४०० सम्म पुगेको भए तापनि किसानहरूले भने आफ्नो उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्; जहाँ किसानले बारीबाट मालभोग केरा रु. ७०–८५ र हाइब्रिड केरा रु. ५०–६० मा मात्र बेचिरहेका छन्।

उपभोक्ताले तिर्ने महँगो मूल्य र किसानले पाउने कम मूल्यले बजारमा बिचौलियाको चरम हस्तक्षेप रहेको महासंघको ठम्याई छ। साथै, चोरी पैठारीमार्फत भित्रिने विदेशी केराले ‘ट्रपिकल रेस–४’ (पानामा रोग) जस्ता घातक रोग भित्र्याई नेपाली केरा खेती नै नष्ट गर्ने जोखिम रहेकाले सरकारले आयातमा लगाएको नियन्त्रणलाई निरन्तरता दिनुपर्ने माग गरिएको छ।

देशभर ४०–५० लाख नयाँ बिरुवा विस्तार भइरहेकाले आगामी १-२ वर्षभित्रै केरामा पूर्ण आत्मनिर्भर बन्ने लक्ष्य राखेको महासंघले बजार अनुगमन प्रभावकारी बनाउन, न्यूनतम समर्थन मूल्य तोक्न, र कृषि बीमा प्रणालीलाई सरल बनाउन समेत सरकारसँग माग गरेको छ।

यदि किसानका यी आवाजलाई बेवास्ता गरिएमा देशभर कडा आन्दोलन छेड्ने चेतावनी समेत विज्ञप्तिमा दिइएको छ।

673715540 1542024804599691 5444831352039889077 n https://bajarkochirfar.com/banana-producers-federation-warns-government-not-to-open-up-foreign-banana-imports-under-any-pretext | %tags

676630734 1542024794599692 1175232012032172199 n https://bajarkochirfar.com/banana-producers-federation-warns-government-not-to-open-up-foreign-banana-imports-under-any-pretext | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स