पश्चिम नेपालमा लगातार भूकम्पीय धक्का महसुस भइरहेको छ। बिहीबार बिहान ८ः३२ बजे दार्चुलाको मुराइ केन्द्र गरेर ४.० म्याग्निच्युडको भूकम्प गएको छ।
गत चैत ९ गते दिनको १ः१४ बजे बझाङको रायाल केन्द्र गरेर ४.१ म्याग्निच्युडको धक्का महसुस भएको थियो भने त्यही दिन दार्चुलाको मुराइ केन्द्र गरेर पनि ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो।
त्यसअघि चैत ३ गते दार्चुलाको सिटौला केन्द्र गरेर ४.० म्याग्निच्युड र फागुन २२ गते बझाङको चैनपुर केन्द्र गरेर ३.६ म्याग्निच्युडको भूकम्पीय धक्का महसुस गरिएको थियो।
















प्रतिकृया