उम्मेदवारी दर्ता मिति सार्ने मागबीच प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई बोलाइन् बैठकमा

उम्मेदवारी दर्ता मिति सार्ने मागबीच प्रधानमन्त्री कार्कीले मन्त्रीहरूलाई बोलाइन् बैठकमा

प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायत समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहित बैठक बोलाएकी छन्।

बैठक आइतबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा हुने तय भएको छ। कार्यक्रमको उद्देश्य निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्नु हो।

चुनावका लागि प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गर्ने मिति मंगलबार तोकिएको छ। तर राजनीतिक दलहरूले आन्तरिक व्यवस्थापनमा समस्या देखाएपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स