नेपाल सरकारको परराष्ट्र मन्त्रालयले इरानमा रहेका सम्पूर्ण नेपाली नागरिक सुरक्षित रहेको जानकारी दिएको छ। विभिन्न प्रयोजनका लागि इरानमा बसोबास गरिरहेका १२ जना नेपालीमध्ये दुई जना पहिले नै स्वदेश फर्किसकेका छन् भने, थप दुई जना फर्किने क्रममा रहेको मन्त्रालयले जनाएको छ। बाँकी आठ जना नेपाली अझै इरानमै रहेका छन् र उनीहरू सबै सुरक्षित अवस्थामा रहेको प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए। ती नेपालीहरूसँग सम्बन्धित देशमा रहेको नेपाली दूतावास निरन्तर सम्पर्कमा रहँदै अवस्थाबारे जानकारी लिइरहेको मन्त्रालयले जनाएको छ।
मध्यपूर्व क्षेत्रमा विकसित भइरहेको पछिल्लो सुरक्षा अवस्थालाई नजिकबाट नियाल्दै, मन्त्रालयले हाल इजरायल र इरानमा बसोबास गरिरहेका नेपाली नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। मन्त्रालयले सकेसम्म घरभित्रै बस्न, अनावश्यक रूपमा बाहिर ननिस्कन, आवश्यक सुरक्षा सावधानी अपनाउन र आफ्नो स्थानमा रहेका नेपाली समुदाय तथा दूतावाससँग नियमित सम्पर्कमा रहन अनुरोध गरेको छ। साथै, इजरायल र इरानका सम्बन्धित निकायको पूर्व स्वीकृतिबिना यात्रा नगर्न र नेपालबाट ती देशतर्फ हुने सम्पूर्ण यात्रा तत्कालका लागि रद्द गर्न समेत मन्त्रालयले सिफारिस गरेको छ।

















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया