फागुन २१ को निर्वाचनका लागि भयरहित वातावरण बनेको छैन: देउवा

बजारको चिरफार
बजारको चिरफार
२०८२ आश्विन २८ गते
फागुन २१ को निर्वाचनका लागि भयरहित वातावरण बनेको छैन: देउवा

नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आगामी २१ फागुनका लागि घोषणा गरिएको निर्वाचनका लागि अहिलेसम्म भयरहित वातावरण नबनेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा आजबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्दै देउवाले मुलुकमा शान्ति र सुरक्षा सुनिश्चित नभएको उल्लेख गरेका छन्।

उनले सरकारलाई निर्वाचनका लागि आवश्यक वातावरण तयार पार्न ध्यान दिनुपर्ने जोड दिएका छन्। स्वतन्त्र, निष्पक्ष र सुरक्षित वातावरण बने मात्र सबै पक्षले निर्वाचनमा समान रूपमा भाग लिन सक्ने देउवाले बताए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स