श्रीलंका जान अब भिसा नचाहिने, नेपालसहित ३५ देशलाई भिसा फ्रि

श्रीलंका जान अब भिसा नचाहिने, नेपालसहित ३५ देशलाई भिसा फ्रि

अब नेपाली नागरिकलाई श्रीलंका जान भिसा नचाहिने भएको छ । श्रीलंकाले नेपालसहित ३५ देशलाई आफ्नो देशमा भ्रमण गर्नका लागि भिसा फ्रि गरेको घोषणा गरेको छ । बुधवार राति सामाजिक सञ्जाल ‘एक्स’ मार्फत श्रीलंकाका विदेश मन्त्री एमयूएम अलि साब्रीले भिसा नचाहिने देशको सूचि सार्वजनिक गर्दै नेपालसहित विभिन्न ३५ देशलाई भिसा फ्रि गरिएको घोषणा गरेका हुन् ।

श्रीलंकाका विदेशमन्त्री एमयूएम अलि साब्रीले सामाजिक सञ्जाल एक्समा उक्त सूची सार्वजनिक गर्दै लेखेका छन– ‘भिसामुक्त शासनको दिशामा पहिलो कदम ।’ भिसा फ्रि गरिएका ३५ देशको सूचिमा नेपाल १२औं स्थानमा छ ।

यो सूचिको पहिलो नम्बरमा बेलायत, दोस्रो नम्बरमा जर्मनी, तेस्रो नम्बरमा नेदरल्याण्ड्स, चौथो नम्बरमा बेल्जियम तथा पाँचौं नम्बरमा स्पेन छ ।

यस्तो छ सूची :

GVgygOBWUAAJDNI https://bajarkochirfar.com/%e0%a4%b6%e0%a5%8d%e0%a4%b0%e0%a5%80%e0%a4%b2%e0%a4%82%e0%a4%95%e0%a4%be-%e0%a4%9c%e0%a4%be%e0%a4%a8-%e0%a4%85%e0%a4%ac-%e0%a4%ad%e0%a4%bf%e0%a4%b8%e0%a4%be-%e0%a4%a8%e0%a4%9a%e0%a4%be%e0%a4%b9 | %tags

श्री

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स