राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो तीन आर्थिक बर्षको साधारणसभा

राष्ट्रिय जीवन बीमा कम्पनीले बोलायो तीन आर्थिक बर्षको साधारणसभा

राष्ट्रिय जीवन बीमा कम्पनीले साधारणसभाआह्वान गरेको छ। साविकको राष्ट्रिय बीमा संस्थानबाट कम्पनीमा परिणत भएको ६ महिना भित्र साधारणसभा बोलाउनु पर्ने व्यवस्था अनुसार कम्पनीले पहिलो साधारणसभा आह्वान गरेको हो।

कम्पनीले वैशाख १४ गते शुक्रबार रामशाहपथ स्थित कम्पनी कै केन्द्रीय कार्यालयमा साधारणसभा आह्वान गरेको हो । साधारणसभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन छलफल गरी पारित गर्ने प्रस्ताव पेश हुने छ

त्यस्तै लेखा परीक्षकको प्रतिवेदन सहितको साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६९/७०, २०७०/७१ र २०७१/७२ सम्मको वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू सहित अनुसूचीहरू छलफल गरी पारित गर्ने-प्रस्ताव पेश हुने छ ।

साथै आर्थिक वर्ष २०७६/७७ २०७७/७८, र २०७८/७९ को लेखा परीक्षण गर्न महालेखा परीक्षक कार्यालयको परामर्शमा सञ्चालक समितिबाट नियुक्त भएका बाह्य लेखा परीक्षकद्वय सुवास पौडेल र विजय सिंह पराजुलीको नियुक्ति र निजहरूको पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ ।

website scaled 1 https://bajarkochirfar.com/%e0%a4%b0%e0%a4%be%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a5%8d%e0%a4%b0%e0%a4%bf%e0%a4%af-%e0%a4%9c%e0%a5%80%e0%a4%b5%e0%a4%a8-%e0%a4%ac%e0%a5%80%e0%a4%ae%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%aa | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स