आज सर्भर डाउन हुँदा देशभरका यातायात कार्यालयको काम ठप्प भएको छ । कार्यालयमा बिहानबाट नै सर्भरमा समस्या आएकाले देशभरका यातायात कार्यालयको काम प्रभावित भएको जनाएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका देशभरिका यातायात कार्यालयहरुको कामकारबाही प्रभावित भएको छ । अहिले प्राविधिक टोलीद्वारा उत्पन्न समस्या समाधान गर्ने प्रयास भइरहेको छ ।



















प्रतिकृया