SHAREHUBSHAREHUB

महिला एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ८ गते
AdvertisementAds
महिला एशिया कपमा आज नेपालले भारतको सामना गर्दै
AdvertisementAds

जारी महिला एशिया कप अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । यो खेल आज नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि सुरु हुदै छ ।

यस प्रतियोगितामा भारतले लगातार २ खेल जितेको छ भने नेपालले एक जित र एक हार बेहोरेको छ ।

भारतले पाकिस्तान र युएईलाई पराजित गरेको थियो भने नेपालले युएईलाई पराजित गरेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो ।

त्यस्तै समुह ए अन्तर्गत आजै पाकिस्तान र युएईबीच खेल हुदै छ । यो खेल नेपाली समय अनुसार अपराहन्न २: १५ बजेदेखि सुरु हुदै छ । यस प्रतियोगितामा पाकिस्तानले २ खेलमा एक जित र एक हार बेहोरेको छ भने युएईले दुवै खेलमा हार बेहोरेको छ ।

एशिया कप खेल्ने नेपाली टिम:

AdvertisementAds

इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सिता राना मगर, कबिता कुँवर, सम्झना खड्का, कबिता जोशी, पुजा महतो, डोली भट्ट, बिन्दु रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, सबनम राई, काजल श्रेष्ठ र राजमती ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स