हाल सामाजिक सञ्जालमा एक भिडियो भाइरल भइरहेको छ जसले धेरैलाई अन्योलमा पारेको छ। भिडियोमा राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘डाइभर्सिटी भिसा प्रोग्राम’ अन्त्य गर्ने प्रक्रिया सुरु गर्न लागेको बताएका छन्। यसले विशेष गरी अमेरिका जाने सपना देखिरहेका नेपालीलाई निराश बनाइरहेको छ। तर, यो भिडियो हालको होइन।
भिडियोको वास्तविकता:
यो भिडियो सन् २०१७ मा न्यूयोर्कको म्यानहट्टनमा भएको आक्रमणपश्चात दिएको सम्बोधनको हो। त्यसबेला ट्रम्प अमेरिकी राष्ट्रपतिको पदमा थिए। न्यूयोर्कको लोअर म्यानहट्टनमा भएको आक्रमणमा आठ जनाको ज्यान गएको थियो। आक्रमणकारी २०१० मा अमेरिका प्रवेश गरेका उज्बेक नागरिक रहेको अमेरिकी प्रहरीले उल्लेख गरेको थियो।
राष्ट्रपति ट्रम्पले त्यस्बेला सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै आक्रमणकारी डाइभर्सिटी भिसा लटरीमार्फत अमेरिका प्रवेश गरेको उल्लेख गर्दै यो प्रणालीलाई ‘मेरिट बेस्ड’ प्रणालीमा परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गरेका थिए। ट्रम्पले लटरीको प्रणालीलाई परिवर्तन गरेर योग्यता आधारित प्रणाली ल्याउने प्रस्तावमा वकालत गर्दै आएका छन्।




















प्रतिकृया