कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

कुलेखानी ड्याम भरियो, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल
Advertisement Ads

मकवानपुरको कुलेखानी ड्याम करिब भरिएपछि तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ड्यामका ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने अवस्था देखिएको छ ।

आयोजनाले कुलेखानीदेखि तलका तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरूले उच्च सतर्कता अपनाउनु हुन र प्रतिकार्यमा खटिने सुरक्षाकर्मीहरू एवं स्वयंसेवकहरू समेत हाइ अलर्टमा बस्नुहुन अनुरोध गरको छ ।

मकवानपुर जिल्ला विपद व्यवस्थापन समिति र सम्बन्धित पालिकाका स्थानीय विपद् व्यवस्थापन समितिहरूले समेत तदनरुप सुरक्षित स्थानको पूर्वतयारी गर्न समेत अनुरोध गरिएको छ ।

त्यस्तै इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी आसपास घर भएका वडा नम्बर २ र ३ का स्थानीयलाई सुरक्षित स्थानमा बस्न र नदीको आसपास नजान आग्रह गरेको छ ।

Advertisement Ads

newskarkahna news759860 https://bajarkochirfar.com/%e0%a4%95%e0%a5%81%e0%a4%b2%e0%a5%87%e0%a4%96%e0%a4%be%e0%a4%a8%e0%a5%80-%e0%a4%a1%e0%a5%8d%e0%a4%af%e0%a4%be%e0%a4%ae-%e0%a4%ad%e0%a4%b0%e0%a4%bf%e0%a4%af%e0%a5%8b-%e0%a4%a4%e0%a4%b2%e0%a5%8d | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स