किन भनियो अष्ट्रेलियामा महिलाहरूले ‘वर्षको बाँकी दिन निःशुल्क काम गर्ने’?

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ४ गते
किन भनियो अष्ट्रेलियामा महिलाहरूले ‘वर्षको बाँकी दिन निःशुल्क काम गर्ने’?

अष्ट्रेलियामा महिलाहरूको औसत तलब पुरुषहरूको तुलनामा कम भएकाले वर्षको बाँकी समयलाई महिलाहरूले “निःशुल्क काम” गरिरहेको मानिन्छ। २०२४ सकिन अब (४२ दिन) बाँकी रहेका कारण यस अवधिलाई महिलाहरूले तलबमा रहेको भिन्नताको कारण “निःशुल्क काम” गरिरहेको रूपमा हेरिएको अष्ट्रेलियन सञ्चार माध्यमले उल्लेख गरेका छन्। अष्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियन्स (ACTU) को प्रतिवेदनअनुसार, तलबमा रहेको लैंगिक असमानताका कारण महिलाहरूले हरेक वर्ष औसतमा ४२ दिनको कमाइ गुमाउँछन्।

ACTU का अध्यक्ष मिशेल ओ’निलका अनुसार, अष्ट्रेलियामा पूर्णकालीन काम गर्ने महिलाहरूले पुरुषहरूको तुलनामा ११.५ प्रतिशत कम तलब पाउँछन्। यो भेदले महिलाहरूलाई हरेक हप्ता औसतमा २३१ अष्ट्रेलियन डलर कमाइ गुमाउन बाध्य बनाएको छ।

लैंगिक असमानताको यो अवस्था ठूला कम्पनीहरूमा अझ गम्भीर देखिन्छ। ठूला एयरलाइन्स, दूरसञ्चार सेवा प्रदायक, र अर्बपति उद्योगपतिका कम्पनीहरूले पुरुषहरूलाई महिलाहरूभन्दा २० प्रतिशत बढी तलब दिने तथ्य प्रतिवेदनमा उल्लेख गरिएको छ। यस समस्यालाई समाधान गर्न सरकारले विभिन्न नीतिगत सुधारहरू लागू गरेको छ।

एसबिस अष्ट्रेलियाबाट

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स