किन दिए दीपकराज गिरीले ‘महानायक’ भन्नेहरुलाई फेसबुकबाटै ब्लक गर्ने चेतावनी?

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक ३० गते
किन दिए दीपकराज गिरीले ‘महानायक’ भन्नेहरुलाई फेसबुकबाटै ब्लक गर्ने चेतावनी?

चलचित्र निर्माता तथा कलाकार दीपकराज गिरीले आफूलाई व्यंग्यात्मक रूपमा ‘महानायक’ भन्नेहरूप्रति कडा प्रतिक्रिया जनाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो सम्बोधन गर्ने जो-कोहीलाई ब्लक गर्ने चेतावनी दिएका छन्।

दीपकराजले फेसबुकमा लेखेका छन्, “आजबाट जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहाँलाई मेरो फेसबुकमा ब्लक गर्दैछु। यो पद न मैले कहिल्यै दाबी गरेको थिएँ, न भविष्यमा गर्नेछु।” उनले थप लेखेका छन्, “तर मैले बारम्बार भन्दा पनि भेडापन्थि देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन। फरक विचार स्वागत छ, असभ्यता अस्विकार। शुभ दिन!”

यो विवाद दीपाश्री निरौलाले टेलिभिजनमा राजेश हमालको ‘महानायक’ ट्यागमाथि प्रश्न उठाएपछि सुरु भएको हो। त्यसपछि दीपकराज गिरीले निरौलाको बचाउ गरेका थिए। त्यस यता सामाजिक सञ्जालमा उनलाई व्यंग्य गर्दै ‘महानायक’ भनेर सम्बोधन गर्न थालिएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स