अष्ट्रेलियामा जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २७ गते
अष्ट्रेलियामा जुवाजन्य विज्ञापनमा प्रतिबन्ध लगाउन सरकारसँग आग्रह
AdvertisementAds

प्रभावशाली अष्ट्रेलियाली अधिकारीहरूको गठबन्धनले अष्ट्रेलियामा जुवाजन्य विज्ञापन (ग्याम्लिङ एड्स)मा पूर्ण प्रतिबन्ध लगाउन आइतबार सरकारसँग माग गरेको छ । अष्ट्रेलिया जुवाजन्य क्रियाकलापबाट विश्वमा प्रतिव्यक्ति सबैभन्दा ठूलो नोक्सानी बेहोर्ने देशमध्ये एक हो ।

दुई करोड ७० लाख जनसङ्ख्या रहेको अष्ट्रेलियामा जुवाजन्य खेलबाट वार्षिक २५ अर्ब अष्ट्रेलियाली डलर (१६ अर्ब अमेरिकी डलर) नोक्सानी हुने गरेको अनुमान गरिएको छ ।

त्यहाँ टेलिभिजन, रेडियो र बिलबोर्डमा मानिसहरूलाई आफ्नो पैसाको जोखिम मोल्न लोभ्याउने विज्ञापन व्यापक छन् ।

‘पोकी’ भनेर चिनिने जुवा खेल्ने मेसिन (स्लट मेसिन) हरू पनि भएका धेरै मधुशालाले नागरिकलाई मोजमस्तीमा सहभागी हुन अधिक आकर्षित गर्दछन् ।

अस्ट्रेलियाका ६० भन्दा बढी प्रतिष्ठित नागरिकले प्रधानमन्त्री एन्थोनी अल्बानिज र विपक्षी नेतालाई लेखेको पत्रमा भनिएको छ, “अस्ट्रेलियामा जुवाको विज्ञापन नियन्त्रणबाहिर गएको छ र एक वर्षको अवधिमा टेलिभिजन र रेडियोमा १० लाखभन्दा बढी जुवाजन्य विज्ञापन प्रसारण भइरहेका छन् ।”

AdvertisementAds

सप्ताहान्तमा जारी गरिएको पत्रमा हस्ताक्षर गर्नेहरूमा सङ्घसंस्था, खेलकुद क्षेत्रका पूर्व राजनीतिज्ञ र विश्वास गरिएका नेताहरू थिए ।

उनीहरूले जुवाबाट हुने हानिबारे सन् २०२३ को रिपोर्टसहित अल्बानिजको लेबर सरकार र विपक्षी दललाई तीन वर्षभित्र सबै जुवासम्बन्धी विज्ञापनलाई प्रतिबन्धित गर्न सहमत हुन आग्रह गरेका छन् ।

“हाम्रो दैनिक जीवनमा स्क्रिनमा देखिने जुवाजन्य खेलसम्बन्धी विज्ञापन (प्रचार) र जुवाको माध्यमबाट हुने बढ्दो नोक्सानीबाट धेरै नागरिक चिन्तित छन्,” हस्ताक्षरकर्तामध्ये एक पूर्व प्रधानमन्त्री जोन हावर्डले भने ।

“मेरो बुझाइमा जुवाको कारण समुदायमा हानि हाम्रो (अष्ट्रेलियाली) ठूलो क्षतिको लागि जिम्मेवार छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स