अर्ना बियर उत्पादन गर्ने कम्पनीले ‘मार्केट डिमान्ड’ क्याच गर्न ल्यायो अर्ना नामकै इनर्जी ड्रिंक्स

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार १९ गते
अर्ना बियर उत्पादन गर्ने कम्पनीले ‘मार्केट डिमान्ड’ क्याच गर्न ल्यायो अर्ना नामकै इनर्जी ड्रिंक्स

नेपाली क्रिकेट टिमलाई आकर्षक पुरस्कार घोषणा गरेपछि निकै चर्चा र लोकप्रियता बटुलेको अर्नाले आफ्नो पोर्टफोलयोमा इनर्जी ड्रिंक्स थपेको छ। कम्पनीले आफ्नो फेसबुक पेज मार्फत अर्ना नामकै इनर्जी ड्रिंक्स बजारमा ल्याएको जानकारी दिएको छ।

विशाल र एभरेष्ट ग्रुपको संयुक्त लगानी रहेको अर्नालाई नेपाली क्रिकेट टिमलाई आकर्षक पुरस्कार घोषणा गरेपछि समर्थकको समर्थनको ओईरो आएको थियो। यसैबीच हार्डड्रिंक्स मात्र उत्पादन गरिरहेको अर्नाले मार्केट डिमान्डलाई सम्बोधन गर्न सफ्ट ड्रिंक्स ल्याएको हो।

आइपीओ निष्काशनको तयारी गरिरहेको यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण शेयर (आईपीओ) निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स