लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ कार्तिक २ गते
लाभांश पारित गर्न सिद्धार्थ बैंकले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न लागेको लाभांश पारित गर्न वार्षिक साधारण सभा बोलाएको छ।
बैंकले कात्तिक ३० गते, आइतबार, बिहान १० बजे भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा आयोजना गर्ने जनाएको छ।

सभामा हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, नयाँ सञ्चालक नियुक्ति गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएको खर्च अनुमोदन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्तावहरू पनि पेश गरिनेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका सेयरधनीहरू साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

सिफारिस

होमपेजबिज शर्ट्स