लाभांश पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ८ गते
लाभांश पारित गर्न रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित लाभांश पारित गर्न असार २ गते वार्षिक साधारण सभा आह्वान गरेको छ। सभा काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजे शुरु हुनेछ। सभाले चुक्ता पूँजीको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, प्रबन्धपत्र र नियमावली संशोधन, लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पनि पारित हुनेछन्। कम्पनीले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार जेठ २५ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स