एसएमएसमार्फत आपत्तिजनक सन्देश पठाउनेलाई नेपाल टेलिकमको चेतावनी

एसएमएसमार्फत आपत्तिजनक सन्देश पठाउनेलाई नेपाल टेलिकमको चेतावनी

नेपाल टेलिकमले जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक वा राजनीतिक सद्भावमा खलल पुर्‍याउने प्रकारका एसएमएस पठाउन भ्यालु एडेड सेवा प्रदायकहरूलाई सचेत गराएको छ।

टेलिकमसँग सम्झौता गरेर प्रदायकहरूले सेवाग्राहीलाई विभिन्न सन्देश पठाउँछन्। तर केही प्रदायकहरूले स्वीकृत व्यवसाय क्षेत्रभन्दा बाहिर आपत्तिजनक सन्देश पठाएको र त्यसको गुनासो सेवाग्राही तथा राज्य निकायबाट प्राप्त भएपछि टेलिकमले सम्झौता नै रद्द गरिने चेतावनी दिएको छ ।

साथै, टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण तेस्रो पक्षलाई उपलब्ध नगराउने भन्दै ग्राहकको गोपनीयताप्रति आफू संवेदनशील रहेको जनाएको छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स