केपी ओलीले भने, “नेपालमा नेपाली सरकार हुनुपर्छ, विदेशीको सरकार होइन”

केपी ओलीले भने, “नेपालमा नेपाली सरकार हुनुपर्छ, विदेशीको सरकार होइन”

केपी ओलीले भने, “नेपालमा नेपाली सरकार हुनुपर्छ, विदेशीको सरकार होइन” नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्नेमा जोड दिएका छन्।

४२औं ‘पिस्कर शहीद स्मृति’ दिवसको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा निरन्तर चलिरहेको बताए। उनले भने, “इतिहासमा पहिले पनि संघर्ष थियो, अहिले पनि छ। बलिदानको शृंखला पहिले पनि थियो, अहिले पनि जारी छ। जनतामाथि आक्रमण र दमनका बीचमा पनि जनताले संघर्ष जारी राख्दै उपलब्धि हासिल गरेका छन्।”

अध्यक्ष ओलीले वर्तमान राजनीतिक संघर्षको मुख्य उद्देश्य नेपालमा नेपालीकै सरकार स्थापना गर्नु रहेको स्पष्ट पारे। उनले नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएको कारण यहाँ विदेशी सरकार होइन, नेपाली सरकार हुनुपर्ने धारणा राखे।

उनले नेपाली सरकार स्थापना गर्न चाहने शक्तिहरूमाथि आक्रमण भएको आरोप पनि लगाए। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका भवनमा आगजनी गरिएको, साथै नेपाली अर्थतन्त्र बलियो बनाउन लागेका उद्योग–व्यवसायमा क्षति पुर्याइएको उनले बताए।

अध्यक्ष ओलीले यस्ता गतिविधिविरुद्ध सचेत रहँदै राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए। उनले भने, “नेपाली सरकार हुनुपर्छ भन्नेहरूको घरमा आगो लगाइयो, त्यस्ता राजनीतिक पार्टीहरू जलाइएका छन्। व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकाका भवनमा आगो लगाइयो, र नेपाली अर्थतन्त्रका उद्योगहरूमा आक्रमण गरियो।”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स