हिमालयन बैंकले निष्काशन गरेको एफपीओ भोलि (साउन १३ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलका अनुसार भोलि बिहान ९ बजे एफपीओ बाँडफाँड प्रक्रिया सुरु हुने छ । बैंकको एफपीओमा १७ लाख ८८ हजार ९६५ जनाले आवेदन दिएका थिए । कुल ४ करोड ९ लाख ९८ हजार ६४० कित्ता सेयरका लागि आवेदन परेको थियो भने कम्पनीले कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर मात्र निष्काशन गरेको थियो ।
आवेदन परेको सेयर संख्या निष्काशन गरिएको भन्दा करिब ४.४३ गुणा बढी भएकाले करिब ८ लाख ६३ हजार ९१९ जनाको हात रित्तो हुने अनुमान गरिएको छ । धितोपत्र बाँडफाँट निर्देशिकाअनुसार १० कित्ताका दरले बाँडफाँड हुने भएकाले कुल ९ लाख २५ हजार ४६ जनाले सेयर पाउनेछन् । तीमध्ये ९ जनाले ११ कित्ताका दरले सेयर पाउनेछन् भने बाँकीले १० कित्ताका दरले पाउनेछन् ।









![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-768x432.jpg)





![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया