स्वास्थ्य बीमा बोर्डले माग्यो ठुलो संख्यामा कर्मचारी

स्वास्थ्य बीमा बोर्डले माग्यो ठुलो संख्यामा कर्मचारी

स्वास्थ्य बीमा बोर्डमा विभिन्न पदमा जागिर खुलेको छ। बोर्डले इच्छुक उम्मेदवारलाई दरखास्त दिन आह्वान गर्दै सूचना जारी गरेको छ। दरखास्त पाँचौँ तहका दर्ता अधिकारीदेखि आठौँ तहका मेडिकल अधिकृतसम्मको पदका लागि खुलाइएको छ।

पद अनुसार काठमाडौंका लागि मेडिकल अधिकृत ६ जना, चार्टर्ड एकाउन्टेन्ट (आठौँ तह) १ जना, हेल्थ इकोनोमिस्ट (सातौँ तह) १ जना, जनस्वास्थ्य अधिकृत (सातौँ तह) १ जना, एक्चुअरियन अधिकृत (सातौँ तह) १ जना, काठमाडौं तथा प्रदेश शाखा कार्यालयका सूचना प्रविधि सहायक (पाँचौँ तह) ३ जना र जिल्ला सम्पर्क कार्यालय तथा स्थानीय तहका दर्ता अधिकारी (पाँचौँ तह) ६० जना छन्।

यी पदमा अस्थायी दरबन्दीअन्तर्गत नयाँ जनशक्ति भर्ना गर्न लागिएको हो। इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त पेस गर्नुपर्नेछ।

download e1768294149905 https://bajarkochirfar.com/health-insurance-board-asks-for-large-number-of-employees | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स