बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले ‘एक विद्यालय एक नर्स कार्यक्रम’ का लागि २४९ जना विद्यालय नर्स (पाँचौ तह) करारमा पदपूर्ति गर्न सूचना जारी गरेको छ। इच्छुक नेपाली नागरिकले मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा कम्तिमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरी नेपाल नर्सिङ काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। उम्मेदवारको उमेर १८ वर्ष पुरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ। दरखास्त फारम सम्बन्धित जिल्ला स्थित जनस्वास्थ्य कार्यालयमा वा इमेल मार्फत यो सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र बुझाइसक्नुपर्नेछ। दरखास्त दस्तुर रु. ७००/- तोकिएको छ भने छनौट प्रक्रिया लिखित परीक्षा र अन्तर्वार्ता मार्फत गरिनेछ।
थप सुचनामा:

