नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ७५ हजारमा

नेपाली बजारमा सुनचाँदीको मूल्य घट्यो, सुन प्रतितोला २ लाख ७५ हजारमा
Advertisement Ads

नेपालको स्थानीय बजारमा सोमबार पनि सुनचाँदीको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला २,७५,५०० रुपैयाँमा किनबेच भइरहेको छ। यसअघि आइतबार सुनको भाउ प्रतितोला २,८२,००० रुपैयाँ थियो। यसरी सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ६,५०० रुपैयाँ घटेको हो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आइतबार प्रतितोला ४,५४० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार ४,४२५ रुपैयाँमा कारोबार भइरहेको छ। यसरी चाँदीको मूल्य प्रतितोला ११५ रुपैयाँले घटेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४,३७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Copy of Copy of GOLD SILVER 16 https://bajarkochirfar.com/gold-and-silver-prices-drop-in-nepali-market-gold-at-rs-275000-per-tola | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स