चैत २० गते हुँदैछ जेनजी घाइतेको अन्तिम वर्गीकरण: कागजातसहित उपस्थित हुन आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८२ चैत्र ६ गते
चैत २० गते हुँदैछ जेनजी घाइतेको अन्तिम वर्गीकरण: कागजातसहित उपस्थित हुन आग्रह

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक उपस्थित हुन आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालका अनुसार जेनजी प्रदर्शनका घाइतेको वर्गीकरणसम्बन्धी कार्यविधि, २०८२ बमोजिम प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको वर्गीकरण सहजीकरण समितिले गत मङ्सिर ५, १२ र १८ गते अधिकांश घाइतेको वर्गीकरण गरिसकेको छ।ती मितिमा विभिन्न कारणले उपस्थित हुन नसकी छुट भएका घाइतेहरूको अन्तिम वर्गीकरण यही चैत २० गते शुक्रबार गरिने कार्यालयले जनाएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँको सभाहलमा हुने वर्गीकरणका लागि उपचार तथा परीक्षणसम्बन्धी कागजात र जेनजी घाइते परिचयपत्रसहित उपस्थित हुन सम्बन्धित घाइतेहरूलाई प्रशासनले अनुरोध गरेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स